क्यानाडाको राजधानी ओटावामा NRN को अन्तर्कृया कार्यक्रम

NRN क्यानाडाको निर्णय अनुसार बिभिन्न शहरहरूमा अन्तर्कृया कार्यक्रमहरू सम्पन्न भईरहेका छन/ हालै क्यानाडाको राजधानी ओटावामा NRN को अन्तर्कृया कार्यक्रम National coordination council का अध्यक्ष नबराज गुरुङको उपस्थितीमा सम्पन्न भएको छ/ डिसेम्बर 20 मा सम्पन्न उक्त  अन्तर्कृया कार्यक्रमको सन्चालन तोया बराल ले गर्नु भएको थियो भने सभापतित्व  राष्ट्रिय समन्वय परिषदकी सदस्य तथा महिला र बालबलिका समितिकी राष्ट्रिय सम्योजक राधा बस्न्यातले गर्नु भएको थियो/ कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्दै अन्तरराष्ट्रिय सम्बन्धका सम्योजक प्रमोद ढकालले NRN को भूमिकाका सन्दर्भमा चर्चा गर्नु भएको थियो/ कार्यक्रमका प्रमुख अतिथी तथा NRN राष्ट्रिय समन्वय परिषदका  अध्यक्ष नबराज गुरुङले NRN को महत्व, हाल सम्मका उपलब्धिहरू र भाबी कार्यक्रमका सम्बन्धमा प्रकाश पार्नुभएको थियो/ राष्ट्रिय समन्वय परिषदका सदस्य डा. तुलसी धरेलले NRN को इतिहाँस र दोहोरो नागरिकताका बिषयमा बोल्नुभएको थियो भने अर्का सदस्य तथा भाषा, साहित्य र सस्कृति समितिका  राष्ट्रिय सम्योजक मुक्ती गौतमले समितिको आवश्यकता र  स्थानिय संघ-संस्थाको सहभागिताको बिषयमा बोल्नु भएको थियो।
 
कार्यक्रमको दोस्रो चरनमा सहभागिहरू  छलफल तथा प्रस्नोत्तरमा सक्रिय सहभागी हुनुभयो। शिव घिमिरे, प्रमोद कौसिक, तारा उप्रेती, आसिश, कालिदास सुबेदी, डा. कृष्णहरी गौतम तथा अन्य बक्ताहरूले NRN का प्राथमिकता, आगामी कार्यक्रम, युबा परिचालन तथा नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चीनाउने कुरामा NRN को भूमिकाका बिषयमा बोल्नु भएको थियो। अन्तमा शहभागीहरूका जिज्ञासाहरूको जबाफ National coordination council का अध्यक्ष नबराज गुरुङ र सदस्यहरूले दिनु भएको थियो।