टोरन्टोमा NRN को अन्तर्कृया कार्यक्रम सम्पन्न
Written by Srijana Monday, 26 January 2009 11:48
टोरन्टोमा NRN को अन्तर्कृया कार्यक्रम सम्पन्नNRN क्यानाडा राष्ट्रिय समन्वय परिषद को निर्णय अनुसार क्यानाडाको बिभिन्न शहरहरूमा NRN को अन्तर्कृया कार्यक्रम हरू सम्पन्न भाईरहेका छन। यही January १८ मा टोरोन्टोमा नेपाल र क्यानाडाको दौत्य सम्बन्ध स्थापना भएको दिन को अवसर परेर एक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। NRN क्यानाडा समन्वय परिषदका अध्यक्ष्य नबराज गुरुङ को अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद सदस्य DR. तुलसी धरेल ले गर्नु भएको थियो। कार्यक्रममा माहासचिब श्रीजना पन्तले संगठनको गतिबिधी र कोशाध्यक्ष्य भरत पौडेल ले आर्थिक गतिबिधिमा चर्चा गर्नुभएको थियो।
सभाका अथिति NRN क्यानाडाका सल्लाहाकार र क्यानाडाका लागि नेपालका अबैतनिक माहाबानिज्यदुत डा कुन्जर शर्माले नेपाल क्यानाडा को कुटनैतीक सम्बन्ध र नेपाली राजदुताबासको आबस्यकताका बिषयमा बोल्नुभएको थियो
तेसैगरी अर्का वक्ता टेरी कर्दीसले NRN को गर्नु पर्ने काम क सम्बन्धमा आफ्ना धारणा राखनू भएको थियो .NRN का ICC सदस्य Dr तुलसी धरेल ले dual नागरिकता बाट हुने फाईदा का बारेमा मंतब्य दिनुभएको थियो . NRN का International Affairs Coordinator Dr . प्रमोद ढकाल ले NRN को अंतररास्ट्रीय गतिबिधि र सम्बन्ध मा चर्चा गर्नु भएको थियो . NRN का सल्लाहाकार श्री संजीव रिजाल ले नेपाली समुदायलाई कल्चर केन्द्र को आबस्यकता भएको कुरा औल्याउनु भएको थियो NRN का Literature and Culture का National Coordinator मुक्ति गौतमले नेपाली भाषा र सस्कृति लाई जोगाउन NRN ले खेल्नु पर्ने भूमिका र बसंत पंचमी मा NRN ले आयोजना गर्ने कार्यक्रम को सम्बन्धमा प्रकाश पार्नुभएको थियो . तेसै गरि NCNC का कृष्ण तिम्सिना र NCCS का बिजय सिम्खाडा ले पनि बोल्नु भएको थियो .कार्यक्रमको अन्तमा सभापतिको आसन बाट बोल्दै नबराज गुरुंग ले NRN ले छाता संगठन को रुपमा काम गर्ने कुरा ब्यक्त गर्नु भयो कार्यक्रम को अर्को चरण मा उपस्थित महानुभाब ले राखनु भएका जिज्ञासा लाई NRN का पदाधिकरीहरूले प्रस्ट पार्नु भएको थियो .I तेसैगरी NRN क्यानाडा को ब्राम्टन र मिसीसागा शाखा का पदाधिकारी हरुको मीटिंग ले फरबरी ७ २००९ का दिन दिन को एक बजे 85 Charolais blvd Brampton ,On L6Y 2R9 मा NRN को एक भब्य कार्यक्रम गर्ने कुरा बतएको छ I उक्त कार्यक्रम मा उपस्थित हुनका लागी संपूर्ण जनसमुदाय लाई हार्दिक अनुरोध गरिएको छ I
Third National Conference of Nepalese in Canada
When: August 14-15Place: Montreal, Canada
For details click here.
Latest Articles
- Third National Conference of Nepalese in Canada
- Tragic Loss of two Nepalis in Saskatoon
- Nepalese in Vancouver, Canada Interact with the Chairperson of Fundamental Rights & Directive Principle Committee, of Constituent Assembly of Nepal
- Highlights from the 4th Regional NRN Conference in Houston
- भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न
